विश्व नम्बर एक हालेप पहिलो खेलमै पराजित
बुधबार, २५ पौष २०७५खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक रोमानियाकी सिमोना हालेप सिड्नी इन्टरनेसनल टेनिसको पहिलो खेलमै पराजित भएकी छिन् ।
अष्ट्रेलियाको सिड्नीमा जारी प्रतियोगिता पहिलो खेलमा हालेप घरेलु टोलीकी एशले बार्टीसंग पराजित भईन् । करिब तीन महिनापछि टेनिस कोर्टमा फर्किएकी हालेपलाई १५ औं वरियताकी बार्टीले ६ - ४ र ६ - ४ को सेटमा हराईन् ।
ढाडमा समस्या आएपछि हालेप पछिल्लो तीन महिनायता टेनिस कोर्टबाहिर रहेकी थिइन् । चीनमा सम्पन्न हुवान ओपन टेनिसको दौरान अभ्यास गर्दा हालेपलाई ढाडको समस्या देखिएको थियो ।









-1771251202949.avif&w=3840&q=75)





%20(1)-1771145193825.jpeg&w=3840&q=75)