एजेन्सी । विश्वकप फुटबलमा दक्षिण कोरियाविरुद्ध मेक्सिकोले २ - ० को अग्रता बनाएको छ ।
रोस्तोभ एरिनामा जाभियर हर्नान्डेजको गोलबाट मेक्सिकोले २ - ० को अग्रता लिएको हो । पहिलो हाफमा १ - ० ले अघि रहेको मेक्सिकोका लागि हर्नान्डेजले ६६ औं मिनेटमा गोल गरे ।
यसअघि पहिलो हाफमा मेक्सिकोले पेनाल्टीमा गोल गरेको थियो । खेलको २६ औं मिनेटमा कार्लोस भेलाले मेक्सिकोका लागि पेनाल्टीमा गोल गरेका हुन् । दक्षिण कोरियाका खेलाडीले ह्याण्ड बल गरेपछि मेक्सिकोले पेनाल्टी पाएको थियो ।
जारी विश्वकप पहिलो खेलमा दक्षिण कोरियाले पराजय बेहोरेको थियो भने मेक्सिकोले जित हासिल गरेको थियो ।
समूह एफमा रहेको दक्षिण कोरिया पहिलो खेलमा स्विडेनसँग १ - ० ले पराजित भएको थियो । मेक्सिकोले भने साबिकको बिजेता जर्मनीलाई १ - ० ले हराएको थियो ।
यसअघि मात्र एक पटक मेक्सिको र दक्षिण कोरिया आमने सामने भएका छन्, सन् १९९८ को विश्वकपमा । सो खेलमा मध्य अमेरिकी मुलुक ३–१ ले विजयी भएको थियो ।