एजेन्सी । विश्वकप फुटबलमा दक्षिण कोरियाविरुद्ध मेक्सिकोले पहिलो हाफमा १ - ० को अग्रता बनाएको छ ।
रोस्तोभ एरिनामा मेक्सिकोले पेनाल्टीमा गोल गरेको हो । खेलको २६ औं मिनेटमा कार्लोस भेलाले मेक्सिकोका लागि पेनाल्टीमा गोल गरेका हुन् । दक्षिण कोरियाका खेलाडीले ह्याण्ड बल गरेपछि मेक्सिकोले पेनाल्टी पाएको थियो ।
जारी विश्वकप पहिलो खेलमा दक्षिण कोरियाले पराजय बेहोरेको थियो भने मेक्सिकोले जित हासिल गरेको थियो ।
समूह एफमा रहेको दक्षिण कोरिया पहिलो खेलमा स्विडेनसँग १ - ० ले पराजित भएको थियो । मेक्सिकोले भने साबिकको बिजेता जर्मनीलाई १ - ० ले हराएको थियो ।
यसअघि मात्र एक पटक मेक्सिको र दक्षिण कोरिया आमने सामने भएका छन्, सन् १९९८ को विश्वकपमा । सो खेलमा मध्य अमेरिकी मुलुक ३–१ ले विजयी भएको थियो ।