एजेन्सी । विश्वकप फुटबलमा दक्षिण कोरिया र मेक्सिकोबीचको खेल सुरु भएको छ ।
रोस्तोभ एरिनामा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् । पहिलो खेलमा दक्षिण कोरियाले पराजय बेहोरेको थियो भने मेक्सिकोले जित हासिल गरेको थियो ।
समूह एफमा रहेको दक्षिण कोरिया पहिलो खेलमा स्विडेनसँग १ - ० ले पराजित भएको थियो । मेक्सिकोले भने साबिकको बिजेता जर्मनीलाई १ - ० ले हराएको थियो ।
यसअघि मात्र एक पटक मेक्सिको र दक्षिण कोरिया आमने सामने भएका छन्, सन् १९९८ को विश्वकपमा । सो खेलमा मध्य अमेरिकी मुलुक ३–१ ले विजयी भएको थियो ।