काठमाडौं । जावलाखेल युथ क्लबको अध्यक्ष महेन्द्र क्षेत्री निर्वाचित भएका छन् ।
क्लबको मंगलबारको साधारण सभाले क्षेत्रीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
क्षेत्रीकै नेतृत्वमा जावलाखेलको नयाँ कार्यसमिति निर्वाचित भएको छ । क्षेत्री अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति सदस्य समेत हुन् ।
क्लबको उपाध्यक्षमा उज्जवल कर्माचार्य, महेशचन्द्र महत र राजु बोगटी छन् ।
महासचिवमा कविर बस्नेत निर्वाचित हुदाँ सचिवमा राजकुमार श्रेष्ठ र कोषाध्यक्षमा विष्णुराज खड्का निर्वाचित भएका छन् ।
सदस्यहरुमा प्रदीप तण्डुकार, रबि खड्का, सुनिल केसी, निरज खड्का, विकास कार्की, सानुभाई थापा र दिपक थापा छन् ।
जावलाखेल युथ क्लब घरेलु फुटबलको पुरानो क्लब हो । जावलाखेलले ए डिभिजन लिग खेलिरहेको छ ।