एजेन्सी । स्विजरल्याण्डका टेनिस स्टार रोजर फेडेरर र अमेरिकन महिला टेनिस स्टार सेरेना विलियम्सबीच पहिलोपटक टेनिस कोर्टमा प्रतिस्पर्धा भएको छ ।
अष्ट्रेलियाको पर्थमा मंगलबार होपम्यान कप टेनिसको दौरान फेडेरर र सेरेनाबीच प्रतिस्पर्धा भएको हो । जसमा फेडेररको टिम स्विजरल्याण्डले सेरेनाको टिम अमेरिकालाई २ - १ को सेटमा पराजित गरेको छ ।
होपम्यान कप अन्तर्गत मिक्स डबल्सको प्रतिस्पर्धामा स्विजरल्याण्ड र अमेरिकाले प्रतिस्पर्धा गर्दा फेडेरर र सेरनाले एक अर्काविरुद्ध खेलेका हुन् । पुर्व विश्व नम्बर एक फेडेरर र सेरेनाले यसअघि एकअर्काविरुद्ध खेलेका थिएनन् ।
स्विजरल्याण्डको टिमबाट फेडेरर र बेलिन्डा बेनिसिक रहेका थिए । यस्तै अमेरिकाको टिममा सेरेना र फ्रान्सिस टियाफोई रहेका थिए ।
मिक्स डबल्समा स्विजरल्याण्डले अमेरिकालाई ४ -२, ४ - ३ (५-३) ले हराएको थियो । यस्तै पुरुष एकलमा फेडेररले फ्रान्सिस टियाफोईलाई ६ - ४ र ६ - १ ले हराएको थियो । महिला एकलमा सेरेनाले बेलिन्डा बेनिसिकलाई ४ - ६, ६ - ४ र ६ - ३ ले हराएको हराएकी थिइन् ।