एजेन्सी एजेन्सी । पाँचौ वरियताका टेनिस खेलाडी हुवान मार्टिन डेल पोट्रोले अष्ट्रेलियन ओपन टेनिस गुमाउने भएका छन् ।
बर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपन जनवरी १४ बाट मेलबर्नमा सुरु हुँदैछ ।
तर, घुडाँमा लागेको चोट पुर्व रुपमा ठिक नभएपछि अर्जेन्टिनाका पोट्रोले जनवरी दोस्रो साताबाट सुरु हुने अष्ट्रेलियन ओपन नखेल्ने भएका हुन् ।
३० बर्षीय पोट्रोले गत अक्टोबरमा सांघाई मास्टर्सको दौरान चोट बोकेका थिए ।