एजेन्सी । स्विजरल्याण्डका टेनिस स्टार रोजर फेडेरर र अमेरिकन महिला टेनिस स्टार सेरेना विलियम्सबीच पहिलोपटक प्रतिस्पर्धा हुने भएको छ ।
अष्ट्रेलियाको पर्थमा आयोजना हुने होपम्यान कप टेनिसको दौरान फेडेरर र सेरेनाबीच प्रतिस्पर्धा हुने भएको छ । पुर्व विश्व नम्बर एक फेडेरर र सेरेनाले अहिलेसम्म एकअर्काविरुद्ध खेलेका थिएनन् ।
तर, होपम्यान कपको दौरान मिक्स डबल्सको प्रतिस्पर्धा फेडेरर र सेरेनाबीच खेल हुने भएको छ । मिक्स डबल्समा स्विजरल्याण्ड र अमेरिकाबीच भिडन्त हुने भएपछि फेडेरर र सेरनाबीच प्रतिस्पर्धा हुने भएको हो ।
स्विजरल्याण्डको टिमबाट फेडेरर र बेलिन्डा बेनिसिक रहनेछन् । अमेरिकाको टिममा सेरेना र फ्रान्सिस टियाफोई रहनेछन् । खेल मंगलबार हुनेछ ।
फेडेरर र विलियम्सले समान ४३ पटक ग्राण्डस्लाम उपाधि जितेका छन् । त्यसैले यस खेललाई महत्वकासाथ हेरिएको छ ।