२१ रनमा ६ विकेटको पतन

काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्ध निकै खराब प्रर्दशन गरेको छ ।
मंगलबार यूएईको मैदानमा भारतले टस जितेर ब्याटिङमा आएको नेपालले निकै खराब ब्याटिङ प्रर्दशन गरेको हो ।
नेपालले ९ ओभरमा सुरुवाती ५ विकेट गुमाएर १७ रन जोडेको छ । नेपाल निकै सानो स्कोरमा समेटिने खतरा देखिन्छ ।
ओपनर दिपक बोहोरा १ र अर्जुन कुमाल ७ रनमा आउट भएको खेलमा उत्तम मगर शुन्य रनमा पेविलियन फर्किएका थिए ।
कप्तान देव खनाल २ रनमा र दिपक डुम्रे शुन्य रनमा गोल्डेन डकआउट भए । देवलाई अभिनाशबाट क्याच गराएका भारतका राज लिम्बानीले डुम्रेलाई बोल्ड गरेका थिए ।
उनी एक्कैले चार विकेट लिएका छन् । आरध्य सुक्लाले ३ विकेट झारेका छन् ।
सुक्लाले नेपालका अलराउन्डर गुलसन झालाई ४ रनमा पेविलियन फर्काएका छन् ।
समूह चरणको अन्तिम खेलमा नेपालले भारतसँग खेलिरहेको छ ।
प्रतियोगिताको सुरुवाती दुई खेलमा नेपालले राम्रो प्रर्दशन गर्न सकेन । पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले हारेको नेपालले दोस्रो खेलमा अगफानिस्तानलाई ७३ रनको नतिजा सुम्पिएको थियो ।