नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग खेल्ने
शुक्रबार, १५ मंसिर २०८०खेलपाटी संवाददाता

काठमाडौं । नेपालले नामिबिया र नेदरल्याण्ड्सँग खेल्दै आईसीसी वर्ड क्रिकेट विश्वकप लिग २ को सुरुवात गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले शुक्रबार सुचना जारी गर्दै फागुनमा नेपालले घरेलु मैदानमा दुई टिमसँग खेल्दै लिग २ को सुरुवात गर्ने जानकारी गराएको हो ।
फागुन ७ गते काठमाडौंमा हुने लिग २ को पहिलो खेलमा नेपालले नामिबिया र नेदरल्याण्ड्सँग प्रतिस्पर्धा गर्नेछ ।
राउण्ड रोबिनका आधारमा हुने प्रतियोगितामा ८ टिम सहभागी छन् । लिग २ मा १ सय ६८ खेल हुनेछ ।
सुपर लिगबाट रेलिगेट भएर नेदरल्याण्ड्स आएको हो भने लिग टूबाट नामिबिया, नेपाल, ओमान, स्कटल्याण्ड र यूएस आएका हुन् ।
प्लेअफ छनोटबाट क्यानडा र यूएईले स्थान बनाएका हुन् ।
# नामिबिया र नेदरल्याण्ड्स










-1766026088688.webp&w=3840&q=75)
-1766027225866.webp&w=3840&q=75)
-1766026878436.webp&w=3840&q=75)
-1766025700542.webp&w=3840&q=75)
-1766025268063.webp&w=3840&q=75)