न्यू स्टारलाई हराउँदै बेतना युनाइटेड सेमिफाइनलमा
बुधबार, ०२ पौष २०८२खेलपाटी संवाददाता
पथरी। बेतना युनाइटेड, बेलबारी मोरङको केराबारीमा जारी दोस्रो सतिसाले गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ।
केराबारीस्थित सतिसाले खेल मैदानमा बुधबार भएको खेलमा न्यू स्टार क्लब, बराहक्षेत्रलाई १–० ले पराजित गर्दै बेतनाले अन्तिम चारको यात्रा तय गरेको हो।
प्रतिस्पर्धात्मक खेलमा बेतनाका निमा तामाङले ४४ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। बिहीबार ब्रदर्श कलेक्सन (पोखरा)विरुद्ध साबिक विजेता चुलाचुली स्पोर्टिङ क्लब (झापा) बीच खेल हुनेछ।







%20(1)-1765977079083.jpeg&w=3840&q=75)




