पीएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप
-1766026878436.webp&w=3840&q=75)
काठमाडौं। रूसी गोलकिपर मात्भेइ साफोनोभले पेनाल्टी सुटआउटमा लगातार चार प्रहार रोकेपछि पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ।
बुधबार सम्पन्न फाइनलमा फ्लामेङ्गोसँगको खेलमा पीएसजी निर्धारित समयमा १–१ को बराबरीमा रोकिएक थियो। तर, पेनाल्टी सुटआउटमा पीएसजी २–१ ले विजयी भयो। सन् २०२५ मा टोलीको यो छैटौं उपाधि हो।
यस जितसँगै पीएसजीका लागि पछिल्ला १२ महिना अत्यन्त सफल बनेको छ। फ्रेन्च क्लबले यसअघि ट्रोफे दे च्याम्पियन्स, फ्रेन्च लिग, फ्रेन्च कप, च्याम्पियन्स लिग र युएफा सुपर कप जितिसकेको थियो। युएफा सुपर कप पनि अगस्टमा टोटनह्यामविरुद्ध पेनाल्टीमार्फत जितेको थियो।
खेलको ३८औं मिनेटमा ख्विचा क्वारात्स्खेलियाले पीएसजीलाई अग्रता दिलाएका थिए। तर, ६२औं मिनेटमा मार्किन्होसले पेनाल्टी दिएपछि जर्जिन्होले गोल गर्दै फ्लामेङ्गोलाई बराबरीमा फर्काए।
फ्लामेङ्गो सन् १९८१ पछि दोस्रो पटक इन्टरकन्टिनेन्टल कप जित्ने लक्ष्यमा थियो। फ्लामेङ्गोले हालै कोपा लिबर्टाडोरेस र ब्राजिलियन लिगको उपाधि जितेको थियो।
यो उपाधिसँगै पीएसजी क्लबको इतिहासमा पहिलो पटक विश्वस्तरीय (ग्लोबल) उपाधि जित्न सफल भएको छ।







-1766026088688.webp&w=3840&q=75)
-1766027225866.webp&w=3840&q=75)
-1766025700542.webp&w=3840&q=75)
-1766025268063.webp&w=3840&q=75)
