काठमाडौं । एसियन गेम्सको १९ औं संस्करण चीनको हान्जाओमा आईतबार समापन हुदैछ । ओलम्पिकको छाताभित्र एसियाली महादीपको सबैभन्दा ठुलो प्रतियोगिता नेपालले समेत ठुलो संख्यामा सहभागीता जनाएको थियो । नेपालले २९ खेलमा २ सय ५३ खेलाडीलाई हान्जाओ एसियाडमा सहभागी गराएको थियो ।
लगानी र संलग्नता नभएपनि नेपालले एसियन गेम्समा इ–स्पोर्ट्सबाट पदकको ठुलो अपेक्षा गरेको थियो । साथै मार्सल आर्ट्सका गेम्सबाट समेत पदक भित्रन सक्ने नेपालको अनुमान थियो । चीन लाग्दै गर्दा नेपालको यो खेलको, यो इभेन्टबाट, यो खेलाडीले, यो पदक ल्याउन सक्छ भनेर भन्न सक्ने अवस्था पनि थिएन ।
कमजोर तयारीका बाबजुत उल्लेख्य खेलाडी, अफिसियल र पदाधिकारीको टोली चीनमा लागेको थियो । तर नेपालको प्रर्दशन हरेक खेल र स्पर्धामा निराशाजनक रह्यो । टिम स्पर्धामा कुनै पनि खेल फाइनल खेल्न सकेनन् भने ब्यक्तिगत स्पर्धाका अधिकांश खेलाडीले स्वर्णको नजिकसम्म पुग्न सकेनन् ।
सेमिफाइनलसम्म पुगेको महिला कबड्डी टिमले काँस्य पदक हात पार्न सफल रह्यो । समूह चरणमा बंगलादेशलाई हराउदानै नेपालको पदक पक्का भएको थियो । अन्तिम दिन आउनै लाग्दा समेत कुनै पदकको कुनै सम्भावना नेपाली टोलीमा देखिएको थिएन ।
मार्सल आर्टमा कराँतेमा केही झिनो आशा बाँकी थियो । चीन जानु अघि कराँतेको टिमले अन्तराष्ट्रिय प्रशिक्षण र प्रतियोगितामा सहभागीता जनाएको थियो । त्यहाँ प्राप्त नतिजाले एसियाडमा पदकको आशा भने थियो ।
सोही अनुसार कराँतेकी एरिका गुरुङले कुमितेमा फाइनलसम्म पुगिन् । काजकिस्तानकी खेलाडीसँग फाइनलमा पराजित भएर उनले ऐतिहासिक स्वर्ण पदक जित्न भने चुकिन् । तर कराँतेबाट नेपाललाई ऐतिहासिक रजत पदक भने जिताईन् । एरिकाको रजत पदक नेपालका लागि १९ औं एसियाडको सबैभन्दा ठुलो सफलता बनेको छ ।
नेपाली टिम सोमबार चीनबाट नेपाल फर्कने कार्यक्रम छ ।