काठमाडौं । विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक दिलाउन सफल बडिबिल्डर महेश्वर महर्जन स्वदेश फर्किएका छन् ।
थाइल्यान्डको चाङमईमा जारी १० औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण जित्न सफल महर्जन मंगलबार अपरान्ह नेपाल आईपुगेका हुन् ।
च्याम्पियनसिपको पुरुष ७५ केजीमा महर्जनले भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका थिए । बाह्र खेलाडी सहभागी उक्त स्पर्धामा भारत दोश्रो र सिंगापुर तेश्रो भएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महर्जनलाई राखेप उपाध्यक्ष पिताम्बर तिमल्सिना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका पदाधिकारीले स्वागत गरेका थिए ।
महर्जनको स्वागतमा विमानस्थलमा बाक्लो उपस्थिति रहेको थियो ।