काठमाडौं । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र पाकिस्तानले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा नेपालले पाएको केहि अवसरलाई गोलमा परिणत गर्न सकेन ।
नेपाल र पाकिस्तान दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेको छ । त्यसैले दुई टोलीका लागि यस खेल प्रतिष्ठाको लडाईको रुपमा रहेको छ ।
समूह 'ए' मा रहेको नेपाल २ खेलमा अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । पाकिस्तान २ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।
पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । पाकिस्तान भने पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो ।
यस समूहबाट कुवेत र भारत सेमिफाइनलमा प्रवेश गरिसकेको छ । कुवेत ६ अंक जोडेर शीर्ष र ६ अंक जोडेको भारत दोस्रो स्थानमा रहेको छ ।
मंगलबार नै कुवेत र भारत भिड्ने छन् । दुई टोलीबीचको खेलपछि समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।