सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

रुपनी राइडर्स र बलान बिहुल विजयी

शुक्रबार, ०८ असार २०८०खेलपाटी संवाददाता
रुपनी राइडर्स र बलान बिहुल विजयी
Loading ad...
mustang rice ad

काठमाडौं ।  सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिगको पाँचौ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार रुपनी राइडर्स र बलान बिहुल सुपर किंग्स विजयी भएका छन् ।

दिनको पहिलो खेलमा रुपनी राइडर्स विजयी भएको छ। छिन्नमस्ता लायन्स विरुद्ध ५ विकेटको जित दर्ता गर्ने क्रममा रुपनीले १७७ रनको लक्ष्य १९.२ ओभरमा ५ विकेट क्षतिमा पूरा गर्यो ।

रुपनीको ब्याटिङमा प्लेयर अफ द म्याच समेत घोषित रोहन बिकले ८२ रन बनाए। उनले ५२ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। यस्तै अरनिको यादवले २७, मुकुन्द यादवले २५ तथा बिकास दासले २३ रन बनाए। रोहन र विकासले ९२ रनको ओपनिङ साझेदारी गर्दै जितको आधार तयार गरे।

यस अघि टस हारेर ब्याटिङ गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १७६ रन बनायो। उसको लागि ओपनर शुभ कंसाकारले प्रतियोगिताकै पहिलो शतक बनाउने क्रममा ११८ रन योगदान दिए। उनले मात्र ५७ बलमा ८ चौका र ९ छक्का प्रहार गरे। कमल खत्रीले १४ तथा हिमांशु दत्ताले १३ रन बनाए। रुपनीका बलर मुकुन्द यादवले ३ तथा जितेन्द्र मुखियाले २ विकेट लिए।

दिनको दोश्रो खेलमा बलान बिहुल सुपर किंग्सले राजविराज द किंगलाई ८ विकेटले पराजित गर्यो। राजविराजले दिएको १२५ रनको लक्ष्य बलान बिहुलले १०.३ ओभरमा २ विकेट मात्र गुमाएर भेटायो।

बलान बिहुलको ब्याटिङमा प्लेयर अफ द म्याच समेत घोषित हसिम अन्सारीले सर्वाधिक ५२ रन बनाए। अन्सारीले अविजित रहँदै ३१ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। कप्तान पवन सर्राफले ३२, सोनु अन्सारीले २५ तथा रुपेश सिंहले १५ रन बनाए। हसिमले सोनुसंग ५५ रनको ओपनिंग साझेदारी गरे भने दोश्रो विकेटको लागि पवनसंग ४२ रन जोड्दै जितको आधार तयार गरे।

यस अघि टस हारेर ब्याटिङ गरेको राजविराज द किंगले १९.५ ओभरमा १२४ रन बनायो। उसको लागि अभिषेक कार्कीले सर्वाधिक ३७ रन बनाए भने प्रतिक श्रेष्ठले २२, तृत राज दासले १६ रन बनाए। बलान बिहुलका बलर रुपेश सिंहले ३ तथा विकास दास, रोबिन सिंह र बिष्णु मण्डलले २/२ विकेट लिए।

चौंथो खेलमा तेश्रो जित पछि रुपनी राइडर्स लिग अंक तालिकाको दोश्रो स्थानमा उक्लेको छ। समान अंक भएता पनि बजाज खडक वारियर्स नेट रन रेटमा अघि रहँदै पहिलो स्थानमा छ। हार पछि छिन्नमस्ता ४ खेलमा ४ अंकका साथ तेश्रो स्थानमा छ। यस्तै चौंथो खेलमा दोश्रो जितपछि ४ अंक सहित बलान बिहुल तेश्रो स्थानमा उक्लेको छ जसको पनि शिर्ष-२ हुँदै फाइनल पुग्ने सम्भावना जिवितै छ। लगातार चौंथो हार बेहोरेको राजविराज द किंग अंकविहिन रहँदै पुछारमा छ।

प्रतियोगिता अन्तर्गत शनिबार पनि दुई खेल हुनेछन् । विहान ९ बजे सुरु हुने पहिलो खेलमा राजविराज द किंग र कन्चनरुप राइनोज तथा दिउँसो १ बजे सुरु हुने दोश्रो खेलमा रुपनी राइडर्स र बजाज खडक वारियर्सले प्रतिस्पर्धा गर्नेछन्।

Loading ad...
LiNing Ad
रुपनी राइडर्स र बलान बिहुल विजयी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

 काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल