आइतबार, २७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

राजा नायक बन्दा पन्जाबको रोमान्चक जित

आइतबार, १७ बैशाख २०८०खेलपाटी संवाददाता
राजा नायक बन्दा पन्जाबको रोमान्चक जित
Loading ad...
mustang rice ad

काठमाडौं । चेन्नाई सुपर किंग्सलाई हराउँदै पन्जाब किंग्सले भारतमा जारी ईन्डियन प्रिमियर लिग(आईपीएल)मा रोमान्चक जित हात पारेको छ ।  

चेन्नाईको घरेलु मैदान एम ए चिदम्बरम स्टेडियममा आईतबार भएको खेलमा ४ विकेटले विजयी भएको हो ।

चेन्नाईले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको पन्जाबले २० औं ओभरको अन्तिम बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

पन्जाबका लागि  ओपनर प्रभसिमरन सिंहले २४ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४२ रन बनाए । लियम लिविङ्गस्टोनले २४ बलमा १ चौका र ४ छक्काको सहयोगमा ४० रन बनाए । 

साम करनले २० बलमा १ चौका र १ छक्काको सहयोगमा २९ रन बनाए । लियम र करनले चौथो विकेटका लागि ३३ बलमा ५७ रनको सानदार साझेदारी गरे ।

कप्तान शिखर धवनले १५ बलमा ४ चौका र १ छक्काको सहयोगमा २८ रन बनाए । जितेश शर्माले १० बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन बनाए । 

सिकन्दर राजाले ७ बलमा १३ रन बनाउँदै अविजित रहे । पन्जाबलाई अन्तिम ओभरमा ९ रनको आवश्यकता थियो । बलिङमा मथिशा पथिराना आएकोमा पहिलो बलमा सिकन्दर राजाले १ रन लिएका थिए । 

दोस्रो बलमा साहरुख खानले १ रन बनाएका थिए । तेस्रो बलमा सिकन्दर राजाले डट खेले । चौथो बलमा राजाले २ रन लिए । पाँचौ बलमा राजाले पुन २ रन लिए छैटौं बलमा राजाले तीन रन लिए सँगै जित निश्चित गरे । 

चेन्नाईका लागि तुसार देशपान्डेले ३ तथा रविन्द्र जडेजाले २ विकेट लिए । मथिशा पथिरानाले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय रन बनाएको थियो ।

चेन्नाईका ओपनर डेभोन कन्वेले ५२ बलमा १६ चौका र १ छक्काको सहयोगमा ९२ रनको अर्धशतकीय ईनिङ खेले । अर्का ओपनर ऋतुराज गायकवाडले ३१ ४ चौका र १ छक्काको सहयोगमा ३७ रन बनाए । पहिलो विकेटका लागि ओपनरद्वयले ५८ बलमा ८६ रनको साझेदारी गरेका थिए । 

शिभम दुवेले १७ बलमा १ चौका र २ छक्काको सहयोगमा २८ रन बनाए । दुवे र कन्वेले दोस्रो विकेटका लागि २६ बलमा ४४ रनको साझेदारी गरेका थिए । 

अन्तिम ओभरमा मैदानमा आएका कप्तान महेन्द्र सिंह धोनीले अन्तिम दुई बलमा २ छक्का सहित ४ बलमा १३ रन बनाए । 

पन्जाबका लागि सिकन्दर राजा,साम करन,अर्शदिप सिंह र राहुल चहरले समान १/१ विकेट लिए । 

नौ खेलमा पाँच जित र चार हारका साथ १० टोली सहभागी प्रतियोगितामा पन्जाब पाँचौ स्थानमा उक्लिएको छ ।

चेन्नाई नौ खेलमा पाँच जित र चार हारका साथ चौथो स्थानमा कायमै रहेको छ । 

Loading ad...
LiNing Ad
चेन्नाईमाथी पन्जाबको रोमान्चक जित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना