काठमाडौं । टियु क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा स्कटल्यान्डले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले पाँचौ विकेट गुमाएको छ ।
पहिलो ओभरमा २३ रन बनाएको नेपालले दोस्रो ओभरमा ८ रन बनायो भने तेस्रो ओभरमा २ विकेट गुमाएको थियो । यस्तै ४.४ ओभरमा आशिफ शेखलाई ९ रनमा गुमाएको नेपालले १०.५ आभरमा सन्दीप जोहरालाई ५ रनमा गुमाएको हो ।
नेपालका ओपनर कुशल भुर्तेल ८ बलमा १६ रन बनाएर क्याच आउट भए । यस्तै पूर्व कप्तान ज्ञानेन्द्र मल्ल ३ बलमा एक चौका प्रहार गरि ४ रनमा क्याच आउट भए ।
११ ओभरको समाप्तिमा नेपालले ५ विकेट गुमाएर ७८ रन बनाएको छ ।
स्कटल्यान्डका लागि क्रिस्टोफर सोलले ३ विकेट र मार्क वाटले २ विकेट लिएका हुन् ।