काठमाडौं । स्कटल्याण्डविरुद्ध २ सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले मध्यम सुरुआत गरेको छ ।
५ ओभरको समाप्तीमा नेपालले ५ विकेट गुमाएर ४५ रन बनाएको छ ।
नेपालले पहिलो ओभरमा २३ का साथ राम्रो सुरुआत गरे पनि तेस्रो ओभरमा दुई विकेट गुमाएको थियो ।
नेपालका कुशल भुर्तेल १६ तथा ज्ञानेन्द्र मल्ल ४ रन बनाएर आउट भए । क्रिस सोलले नेपालको तीन विकेट लिए । पाँचौ ओभरमा नेपालले तेस्रो विकेट लिए ।
क्रिजमा अहिले कुशल मल्ल र कप्तान रोहित पौडेल रहेका छन् ।
टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनाएको हो ।
स्कटल्याण्डका लागि माईकल लिस्कले ८५ बलमा १ सय ७ रनको शतकीय ईनिङ खेले । उनले ३ चौका तथा ९ छक्का प्रहार गरे ।
उनले ७९ बलमा ३ चौका र ९ छक्काको सहयोगमा १ सय रन बनाएका थिए । एकदिवसीय अन्तराष्ट्रियमा उनको यो पहिलो शतक हो ।

नेपालविरुद्धको आजको खेलमा डेब्यु गरेका ज्याक जार्किभले २६ रन बनाए ।
ब्राण्डन म्याकमुलान र क्रिटोफर म्याकमुलनले समान २२/२२ तथा टोमस म्याकिन्टोस र मार्क वाटले २० रन बनाए । कप्तान रिचि बेरिङ्गटनले समान १९/१९ रन बनाए । क्रिस ग्रेभले १६ रन बनाए ।
१ सय ११ रनमा छैटौं विकेट गुमाएको स्कटल्याण्डले २ सय ७४ रन ९ विकेट गुमाएर पूरा गर्यो ।
सातौं विकेटका लागि माईकल लिग्स र ज्याक जार्भिसले ८१ रनको साझेदारी गरेका थिए ।
नेपालका लागि स्पिनरहरुले ओभरमा रन दिदै विकेट लिएका थिए । चार जना स्पिनर प्रयोग गरेको नेपालका सबैजनाले कम्तिमा पनि १/१ विकेट लिएका थिए ।
सन्दीप लामिछानेले १० ओभरमा २७ रन दिएर ३ विकेट लिए । कुशल मल्लले २ तथा सोमपाल कामी,दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १/१ विकेट लिए ।