काठमाडौं । नामिबियाविरुद्धको खेलमा शतक प्रहार गरेका स्कटल्याण्डका जर्ज मुन्से आजको खेलमा बेन्चमा रहेका छन् । पुर्व कप्तान कायल कोट्जर तथा तीव्र गतिका बलर सफियान सरिफ समेत प्लेईङ-११ मा स्थान बनाएका छैनन् ।
टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । स्कटल्याण्डले सुरुआतमा ब्याटिङ गर्नेछ ।
नेपाली टोलीमा एक परिवर्तन भएको छ । नेपालको अघिल्लो खेलमा टिममा रहेका ललित नारायण राजवंशीको स्थानमा गुल्सन झाले स्थान बनाएका छन् ।
एकदिवसीय अन्तराष्ट्रियमा स्कटल्याण्डविरुद्ध नेपालले पहिलो पटक घरेलु भुमिमा खेल्न लागेको हो ।
तीन खेल अगावै विश्वकप लिग टूको बिजेता बनेको स्कटल्याण्डविरुद्ध नेपालको खेल हुदैछ ।
पहिलो खेलमा नामिबियालाई पराजित गरेका दुवै टोली आज दोस्रो जितको खोजीमा रहेका छन् । स्कटल्याण्डसँग पहिलो पटक घरेलु भुमीमा खेल्दै गरेको नेपाल जित निकाल्न चाहन्छ ।
स्कटल्याण्डविरुद्ध नेपालले एकदिवसीय अन्तराष्ट्रियमा चार खेल खेलेकोमा १ मा मात्र जित हात पारेको छ । त्यसकारण स्कटल्याण्ड नेपालका लागि सहज प्रतिद्वन्दी होईन ।
सिरिजमा नेपाल २५ खेलमा २० अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड ३३ खेलमा २३ मा जित र ८ मा हारका साथ ४८ अंकका साथ तीन खेल आगावै विश्वकप लिग टूको च्याम्पियन भईसकेको छ ।
नेपाली टोली -
रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, गुल्सन झा