काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको नेपाल सिरिजमा घरेलु टोलीले आज शुक्रबार स्कटल्याण्डसँग खेल्दैछ ।
भारतमा हुने एकदिवसीय विश्वकपको छनोटको रुपमा रहेको आईसीसी लिग टू अन्तर्गतको नेपाल त्रिकोणात्मक सिरिज जारी रहेको छ ।
तीन खेल अगावै विश्वकप लिग टूको बिजेता बनेको स्कटल्याण्डविरुद्ध नेपालको खेल हुदैछ । टियु मैदानमा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
पहिलो खेलमा नामिबियालाई पराजित गरेका दुवै टोली आज दोस्रो जितको खोजीमा रहेका छन् । स्कटल्याण्डसँग पहिलो पटक घरेलु भुमीमा खेल्दै गरेको नेपाल जित निकाल्न चाहन्छ ।
स्कटल्याण्डविरुद्ध नेपालले एकदिवसीय अन्तराष्ट्रियमा चार खेल खेलेकोमा १ मा मात्र जित हात पारेको छ । त्यसकारण स्कटल्याण्ड नेपालका लागि सहज प्रतिद्वन्दी होईन ।
सिरिजमा नेपाल २५ खेलमा २० अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड ३३ खेलमा २३ मा जित र ८ मा हारका साथ ४८ अंकका साथ तीन खेल आगावै विश्वकप लिग टूको च्याम्पियन भईसकेको छ ।
नेपाली टोली -
रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भिम सार्की, सुर्य तामाङ