काठमाडौं । रुपन्देहीको भैरहवामा आयोजना हुने पाचौं खडग प्रसाद गौचन स्मृती यु-१९ राष्ट्रिय प्रतियोगिताका लागि पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर (सिईसी) को यू-१९ टिमको घोषणा भएको छ।
करण घर्ती मगरको कप्तानीमा बिहीबार सिईसीको यू-१९ टिम घोषणा भएको हो ।
पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनको पिताको स्मृतिमा आयोजना हुने प्रतियोगिताका लागि सिईसीको टोली बिहीबार भैरहवा प्रस्थान गरेका छन् ।
प्रतियोगितामा सहभागी हुने सिईसीको टोलीलाई प्रदेश खेलकुद विकास परिषद, बागमती प्रदेशका सदस्य सचिव सुर्यलाल भण्डारी, बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यात, तथा नेपाल क्रिकेट संघका पूर्व उपाध्यक्ष उपेन्द्र भट्टराई, राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का लगायतको आथित्यतामा बिदाइ गरिएको थियो ।
सदस्य सचिव भण्डारीले नेपाली क्रिकेट, अझ विशेष गरी बागमती प्रदेशमा क्रिकेट खेलको विकाश तथा प्रवर्धनका निमित्त आफु प्रतिवद्ध रहेको, महिला खेलाडीका लागि अन्तर्राष्ट्रीय स्तरकै क्रिकेट प्रतियोगिता आयोजना गरिसकेको र महिला तथा पुरुष खेलाडीको वृत्तिविकासका लागि अन्य कार्यक्रमहरु पनि आयोजनामा रहेको भन्दै यू-१९ टिमलाई प्रतियोगिताका लागि शुभकामना व्यक्त गरे।
क्रिकेट एक्सीलेन्स सेन्टरको टिम -
