काठमाडौं । वेस्ट ईण्डिजका लागि टी-ट्वान्टी अन्तराष्ट्रिय तथा एकदिवसीय अन्तराष्ट्रियका लागि नयाँ कप्तानको चयन भएको छ ।
गत वर्ष भएको टी-ट्वान्टी विश्वकपपछि टी-ट्वान्टी अन्तराष्ट्रिय तथा एकदिवसीय अन्तराष्ट्रियका कप्तान रहेका निकोलस पुरनले कप्तानीबाट राजिनामा दिएपछि कप्तानको स्थान रिक्त रहेको थियो ।
वेस्ट इण्डिज क्रिकेट बोर्डले जनाए अनुसार एकदिवसीय अन्तराष्ट्रिय र टी–ट्वान्टी अन्तराष्ट्रियमा शाई होप र रोभम्यान पावेलले वेस्ट इन्डिजको कप्तानी सम्हाल्नेछन् ।
दुवै खेलाडीले पूरन कप्तान रहँदा उपकप्तानको जिम्मेवारी सम्हालेका थिए ।
यसै महिनाको अन्त्यबाट वेस्ट इण्डिजको दक्षिण अफ्रिका भ्रमणका क्रममा होप र पावलले पहिलो कप्तानी गर्नेछन् ।