काठमाडौं । नेपालले विश्व क्रिकेट लिग टूमा दोस्रो त्रिकोणात्मक सिरिज घरेलु भुमिमा खेलिरहेको छ ।
यस सिरिजको पहिलो खेल विजयी यात्राबाट सुरु गरेको नेपालले दोस्रो खेलमा शुक्रबार बलियो प्रतिद्वन्दी स्कटल्याण्डविरुद्ध खेल्ने छ ।
विश्वकप लिग टू अन्तर्गतको अन्तिम चार खेलका लागि स्कटल्याण्डको टोली नेपाल भ्रमणमा आएको थियो । बिहिबार नेपाली भुमीमा नामिबियाविरुद्धको खेलमा डेब्यु गरेको स्कटल्याण्डको टोलीले नेपाल डेब्यु सुखद बनाउँदै खेल १० विकेटले जितेको छ ।
स्कटल्याण्डको एकदिवसीय ईतिहासमा पहिलो पटक १० विकेटको जित हात पारेको टोलीका लागि ओपनर जर्ज मुन्सेले सानदार शतक प्रहार गरेका थिए । एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक बनाउने क्रममा मुन्सेले ६१ बलको सामना गरेर १ सय ३ रन बनाएका थिए ।
टस हारेर पहिले फिल्डिङ गरेको स्कटल्याण्डले नामिबियालाई १ सय ५३ रन बनाउँदा अलआउट गरेको थियो । उसका मिचेल लेक्सले ४ तथा सफियान सरिफ र मार्क वाटले समान ३/३ विकेट लिए ।
नेपाली मैदानबाट अपरिचित मानिएको स्कटल्याण्डको पहिलो खेलको प्रदर्शन देख्दा शुक्रबार नेपाललाई कठिन हुने देखिन्छ । टियूमा डेब्यु खेलमा नै सानदार जित निकालेको स्कटल्याण्डको टोली नेपालका लागि चुनौतीका रुपमा देखिएको छ ।
स्कटल्याण्डका ओपनरहरुको लय र नेपालविरुद्ध बलियो प्रदर्शन गरेको नामिबियाको टोलीलाई सहजरुपमा पराजित गरेकोले स्कटल्याण्ड नेपालका लागि मुख्य चुनौतीका रुपमा रहेको छ ।
तीव्र गतिका बलर सफियान सरिफ लयमा रहनु तथा स्पिनरद्वय मार्क वाट र मिचेल लिग्स लयमा रहनु नेपालका लागि चुनौती रहन सक्छ । स्कटल्याण्डका ओपनर जर्ज मुन्से सानदार शतक सहित लयमा देखिनु नेपालका लागि चुनौती रहेको छ । एकदिवसीय अन्तराष्ट्रियको मान्यता जोगाउन प्रयासरत नेपालका लागि स्कटल्याण्डविरुद्धको खेल महत्वपूर्ण रहेको छ ।
यस जितसँगै स्कटल्याण्डले सात टोली सहभागी विश्वकप लिग टू को उपाधि जितेको छ। स्कटल्याण्डले ३३ खेलमा ४८ अंक जोडेर शीर्ष स्थान हासिल गरेको हो ।
नेपालका खेलाडीले स्कटल्याण्डलाई पराजित गर्न धेरै मेहनतको आवश्यक रहेको छ ।
सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । यस्तै नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ ।