काठमाडौं । आठौं संस्करणको आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा आज सोमबार दुई खेल हुदैछ ।
दक्षिण अफ्रिकामा जारी आठौं संस्करणको विश्वकपमा आज समूह 'बी' का खेलहरु हुदैछ ।
आजको पहिलो खेलमा समूह 'बी' मा रहेका भारत र वेस्ट इण्डिनबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ ।
भारत आजको खेल जितेर लगातार दोस्रो जित हात पार्न चाहान्छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो ।
पहिलो खेलमा पराजित वेस्ट इण्डिज पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा वेस्ट इण्डिज इंग्ल्याण्डसँग पराजित भएको थियो ।
यी दुई देशबीच भएको पछिल्लो पाँच टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा भारत अपराजित रहेको छ ।
आज नै हुने दोस्रो खेलमा समूह 'बी' मा रहेका पाकिस्तान र आयरल्याण्डबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार बेलुका १०ः४५ बजे आयोजना हुनेछ ।
पहिलो खेलमा पराजित दुवै टोली पहिलो जितको खोजिमा रहेका छन् । पाकिस्तान भारतसँग पराजित भएको थियो । आयरल्याण्डलाई भने इंग्ल्याण्डले पराजित गरेको थियो ।
दुई देशबीचको पछिल्लो पाँच टी-ट्वान्टी अन्तराष्ट्रियमा खेलमा दुवैले समान २२ खेल जित्दा १ खेल भने नतिजाबिहिन भएको थियो ।
दुवै खेल केपटाउनमा हुनेछ ।
यस प्रतियोगिता २६ फेब्रुअरीसम्म जारी रहने छ । प्रतियोगितामा १० टोलीको सहभागीता रहेको छ ।
सहभागी १० टोलीलाई ५/५ टोलीको दुई समूहमा बिभाजन गरिएको छ ।
दुई समूहमा शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्ने छन् ।
समूह 'ए' मा आयोजक दक्षिण अफ्रिका,साबिक बिजेता अष्ट्रेलिया,श्रीलंका,बंगलादेश र न्युजिल्याण्ड रहेका छन् ।
समूह 'बी' मा दुई पुर्व बिजेताहरु इंग्ल्याण्ड र वेस्ट इण्डिज,आयरल्याण्ड,भारत र पाकिस्तान रहेका छन् ।