काठमाडौं । भारतमा हुने एकदिवसीय विश्वकपको छनोटको रुपमा रहेको आईसीसी लिग टू अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिज मा आज बुधबार एक खेल हुँदैछ ।
आजको खेलमा स्कटल्याण्ड र नामिबियाको खेल्दै छन् । खेल आज बुधबार बिहान ९ बजेबाट टियु मैदान किर्तिपुरमा हुदैछ ।
नामिबिया आफ्नो दोस्रो खेलमा पहिलो जित चाहान्छ । पहिलो खेलमा नामिबिया घरेलु टोलीसँग पराजित भएको थियो ।
स्कटल्याण्डको भने नेपाल सिरिजमा यो नै पहिलो खेल रहेकाले जित सहित सिरिजको सुरुआत गर्न चाहान्छ ।
नामिबिया र स्कटल्याण्डले खेलेका पछिल्ला चार एकदिवसीय अन्तराष्ट्रिय खेलमा तीन खेलमा स्कटल्याण्ड विजयी हुँदा एक खेलमा नामिबिया विजयी भएको छ ।
सात टोली सहभागी विश्वकप लिग टू मा स्कटल्याण्ड ३२ खेलमा ४६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
नामिबिया भने ३१ खेलमा ३७ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
मंगलबारबाट सुरु त्रिकोणत्मक सिरिज फागुन ९ गतेसम्म संचालन हुनेछ । यस सिरिजमा सहभागी तीनवटै टिमले एक अर्काविरुद्ध समान २/२ खेल खेल्ने छन् ।