काठमाडौं । भारत महिला राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान स्मृति मन्धनाले पाकिस्तानविरुद्धको खेल गुमाउने भएकी छिन् ।
दक्षिण अफ्रिकामा जारी रहेको आइसीसी महिला टी-ट्वान्टी विश्वकपको भारतको पहिलो खेल चोटका कारण मन्धनाले गुमाउने छिन् ।
भारतले आठौं संस्करणको विश्वकपको पहिलो खेलमा आईतबार पाकिस्तानसँग खेल्दैछ ।
औंलाको चोटका कारण पाकिस्तानविरुद्धको खेलबाट मन्धना बाहिरिएकी भारतका कार्यवाहक प्रशिक्षक हृषिकेश कानिटकरले बताएका छन् ।
उनका अनुसार औंलामा गम्भिर समस्या भने नभएको बताएका छन् । मन्धना फेब्रुअरी १५ मा वेस्ट इन्डिजविरुद्ध हुने दोस्रो खेलमा भने उपलब्ध हुने सम्भावना छ ।
विश्वकपमा १० टोलीको सहभागीता रहेको छ ।
साबिकको उपविजेता भारत समूह 'बी' मा रहेको छ । यस समूहमा भारतका अलावा दुई पुर्व विजेताहरु इंग्ल्याण्ड र वेस्ट इण्डिज,आयरल्याण्ड र पाकिस्तान रहेका छन् ।