काठमाडौं । कतार विश्वकपको सेमिफाइनल समीकरण पूरा भईसकेको छ ।
यस पटकको विश्वकपमा फ्रान्स, क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मोरक्को भने पहिलो पटक विश्वकपको अन्तिम चारमा पुगेको हो ।
यस विश्वकपमा अहिलेसम्म गोल्डेन बुटका दाबेदार खेलाडीमा फ्रान्सका केलियन एमबाप्पे रहेका छन् ।
उनले ५ गोल गरिसकेका छन् ।
यस्तै अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका ओलिभर जेरुड पनि दाबेदारको सूचीमा छन् ।
मेस्सी र जेरुडले समान ४/४ गोल गरेका छन् ।
कतार विश्वकपमा गोल्डेन बुटका दाबेदार -
१. केलियन एमबाप्पे - ५ गोल
२. लियोनल मेस्सी - ४ गोल
३. ओलिभर जेरुड - ४ गोल
४. कोडी गाक्पो - ३ गोल
५. मार्कुस राषफोर्ड - ३ गोल
६. अल्भारो मोराटा - ३ गोल
७. इनर भ्यालेन्सिया - ३ गोल
८. बुकायो साका - ३ गोल
९. रिचार्लिसन - ३ गोल
१०. गोन्कालो रामोस - ३ गोल