काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलमा अहिले मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा भईरहेको छ ।
अल थुमामा स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा मोरक्कोले १-० गोलको अग्रता बनाएको छ ।
खेलको ४२ औं मिनेटमा युसेफ एन नेसरीले हेडर मार्फत गोल गर्दै मोरक्कोलाई सुरुआती अग्रता दिलाएका हुन् ।
मोरक्को आज पोर्चुगललाई हराएर सेमिफाइनल पुग्न चाहन्छ ।
मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।
पोर्चुगल पनि मोरक्कोलाई हराएर अन्तिम चारको यात्रा तय गर्न चाहन्छ ।
पोर्चुगलले राउण्ड अफ १६ मा स्विट्जरल्यान्डलाई हराएको थियो ।