काठमाडौं । कतार विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो खेलमा आज क्रोएसिया र ब्राजिलबीच प्रतिस्पर्धा हुँदैछ ।
क्रोएसिया र ब्राजिलबीचको खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । दुई टोलीबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ।
साविक उपविजेता क्रोएसिया ब्राजिललाई हराएर अन्तिम चारको यात्रा तय गर्न चाहन्छ ।
राउण्ड अफ १६ मा क्रोएसियाले जापानलाई हराएको थियो ।
यता, पाँच पटकको च्याम्पियन ब्राजिल पनि जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेको छ ।
ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो ।
हेड टु हेड -
दुई टोलीबीच हालसम्म ४ पटक प्रतिस्पर्धा भएको छ । जसमा ब्राजिलले तीन खेलमा जितेको छ । एक खेल बराबरीमा सकिएको छ ।
सम्भावित सुरुआती-११
क्रोएसिया - डोमिनिक लिभाकोभिच, जोसिप जुरानोभिच, डेजान लोभरेन, जोस्को ग्वार्डियोल, बोर्ना सोसा, लुका मोड्रिच, मार्सेलो ब्रोजोभिच, माटियो कोभासिच, एन्ड्रेज क्रमारिच, मार्को लिभाजा, इभान पेरिसिच
ब्राजिल - एलिसन, एडर मिलिटाओ, थियागो सिल्भा, मार्किन्होस, डानिलो, कासेमिरो, लुकास पाक्वेटा, नेयमार, राफिन्हा, रिचार्लिसन, भिनिसियस जुनियर
प्लेयर्स टु वाच -
यस खेलमा क्रोएसियाका लुका मोड्रिच र ब्राजिलका नेयमार प्लेयर्स टु वाचमा रहेका छन् ।