काठमाडौं । इंग्ल्यान्ड फरवार्ड रहिम स्टर्लिङ फिफा विश्वकप फुटबलका लागि कतार आउने भएका छन् ।
घरमा डकैती भएपछि इंग्ल्यान्ड फर्किएका स्टर्लिङ इंग्ल्यान्डको विश्वकप टिममा पुन: सामेल हुने भएका हुन् ।
इंग्ल्यान्डले कतार विश्वकपको क्वाटरफाइनलमा फ्रान्सको सामना गर्ने छन् ।
साविक विजेता फ्रान्स र इंग्ल्यान्डबीचको खेल शनिबार हुनेछ ।
२७ वर्षीय स्टर्लिङले विश्वकपको राउण्ड अफ १६ अन्तर्गत सेनेगलविरुद्धको खेल गुमाएका थिए ।
उनी शुक्रबार विश्वकप खेल्ने टिममा सामेल हुने बताईएको छ ।