काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम प्रि-क्वाटरफाइनलमा अहिले पोर्चुगल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा भईरहेको छ ।
लुसिल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा पोर्चुगलले स्विट्जरल्यान्डविरुद्ध २-० गोलको अग्रता बनाएको छ ।
खेलको १७ औं मिनेटमा कान्सेलो रामोसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । जोआ फेलिक्सको पासमा उनले उत्कृष्ट गोल गरे ।
खेलको ३३ औं मिनेटमा पेपेले गोल गर्दै पोर्चुगललाई २-० को अग्रता दिलाएका हुन् । ब्रुनो फर्नान्डेसमा पासमा उनले हेडरमार्फत उत्कृष्ट गोल गरे ।
आज पोर्चुगल र स्विट्जरल्यान्ड जित निकाल्दै अन्तिम आठमा पुग्ने योजनामा रहेका छन् ।
पोर्चुगल समूह 'एच' को विजेता र स्विट्जरल्यान्ड समूह 'जी' को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।