मोरक्को र स्पेनको खेल अतिरिक्त समयमा
मंगलबार, २० मंसिर २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतारमा जारी फिफा विश्वकपको राउण्ड अफ १६ अन्तर्गत अहिले मोरक्को र स्पेनबीच प्रतिस्पर्धा भईरहेको छ ।
एजुकेसन सिटी स्टेडियममा जारी मोरक्को र स्पेनबीचको खेल अतिरिक्त समयमा गएको छ ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको हो ।
अतिरिक्त समयमा पनि बराबर भएमा खेल पेनाल्टी सुटआउटमा जानेछ ।
आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।
मोरक्को समूह 'एफ' को विजेता र स्पेन समूह 'ई' को उपविजेता बन्दै नकआउट चरणमा भेट पक्का गरेका हुन् ।
मोरक्को र स्पेनको खेल अतिरिक्त समयमा









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

