काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ अन्तर्गत अहिले ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा भईरहेको छ ।
स्टेडियम ९७४ मा जारी खेलमा ब्राजिलले दक्षिण कोरियाविरुद्ध २-० को अग्रता बनाएको छ ।
खेलको सातौं मिनेटमा भिनियस जुनियरले गोल गर्दै ब्राजिललाई १-० को अग्रता दिलाएका थिए ।
उनले राफिन्हाको पासमा उत्कृष्ट गोल गरे ।
खेलको १३ औं मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गर्दै ब्राजिललाई २-० को अग्रता दिलाएका हुन् ।
दक्षिण कोरियाका वु योङ जोङले रिचार्लिसनलाई आफ्नो पेनाल्टी क्षेत्रमा लडाएपछि ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो। जसमा नेयमारले सहजै गोल गरे ।
ब्राजिल आज दक्षिण कोरियालाई हराएर क्वाटरफाइनलमा स्थान पक्का गर्ने योजनामा रहेको छ ।
दक्षिण कोरिया पनि बलियो टोलीविरुद्ध उत्कृष्ट जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ ।