काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत अहिले जापान र क्रोएसियाबीच प्रतिस्पर्धा भईरहेको छ ।
अल जानुब स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा जापानले १-० गोलको अग्रता बनाएको छ ।
खेलको ४३ औं मिनेटमा डाईजेन माएडाले गोल गर्दै जापानलाई १-० को अग्रता दिलाएका हुन् ।
साबिक उपविजेता क्रोएसिया आज जापानलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाउने योजनामा रहेको छ ।
क्रोएसिया तेस्रो पटक क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा रहेको छ ।
यता, जापान पनि क्रोएसियालाई हराएर क्वाटरफाइनलमा स्थान बनाउने योजनामा रहेको छ ।
जापान पहिलो पटक क्वाटरफाइनलमा पुग्न चाहन्छ । जापान तेस्रो पटक नकआउट चरणमा प्रवेश गरेपनि क्वाटरफाइनलमा पुग्न सकेको छैन ।