काठमाडौं । ओलम्पिक डेका अवसरमा नेपाल भारोत्तोलन संघद्वारा आयोजित टेक्निकल अफिसियल एन्ड एथलिट सेमिनार बिहीबार सम्पन्न भएको छ ।
सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) मा भएको एकदिने सेमिनारमा प्रशिक्षक, रेफ्री र खेलाडी गरी जम्मा ६० जनाको सहभागिता रहेको थियो ।
भारोत्तोलनका पूर्व प्रमुख प्रशिक्षकद्वय पार्थ सारथी सेन गुप्त र तिलक राउतले सेमिनार सञ्चालन गरेका थिए । सांसद समेत रहेका एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले सेमिनारको उद्घाटन गरेका थिए ।