बेन्जिमाले विश्वकप गुमाउने
शनिबार, मंसिर ३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । फ्रान्सका फरवार्ड करिम बेन्जिमाले कतारमा आयोजना हुने फिफा विश्वकप गुमाउने भएका छन् ।
थाइ इन्जुरीको कारण बेन्जिमाले विश्वकप गुमाउने भएका हुन् ।
फ्रेन्च फुटबल फेडेरेसनले बेन्जिमा विश्वकप गुमाउने पुष्टि गरेको छ ।
बेन्जिमाले प्रशिक्षणको दौरान चोट बोकेका थिए ।
बेन्जिमाले चोट बोकेपछि फ्रान्सलाई दबाब बढेको छ ।
२०२२ को बालोन डी'ओर विजेता बेन्जिमाले रियललाई ला लिगा र च्याम्पियन्स लिग जितेका थिए ।
यस अघि फ्रन्सकै फरवार्ड क्रिस्टोफोर एनकुनकु पनि चोटका कारण विश्वकपबाट बाहिरीएका थिए ।
फ्रान्स विश्वकपमा समूह 'डी' मा रहेको छ ।
फ्रान्सले अष्ट्रेलियासँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
बेन्जिमाले विश्वकप गुमाउने







-1761730672592.jpg&w=3840&q=75)

copy-1761474438174-1761732681780.avif&w=3840&q=75)

-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)
