फिफा विश्वकपको उद्घाटन खेल रेफ्री ओरसाटोले खेलाउने
शनिबार, ०३ मंसिर २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतारमा आइतबारबाट सुरु हुने फिफा विश्वकप फुटबलको उद्घाटन खेल इटालीका रेफ्री डेनियल ओरसाटोले खेलाउने भएका छन् ।
फिफाले कतार विश्वकपको उद्घाटन खेलका लागि इटालियन रेफ्री ओरसाटोलाई चयन गरिएको जनाएको छ ।
विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर भिड्ने छन् ।
४६ वर्षीय रेफ्री ओरसाटो युरोपियन फुटबलका निकै अनुभवी रेफ्री हुन् ।
सन् २०१० बाट रेफ्री गरिरहेका उनी २०१८ को विश्वकपमा भिडियो अस्सिटेन्ट रेफ्री रहेका थिए ।
फिफा विश्वकपको उद्घाटन खेल रेफ्री ओरसाटोले खेलाउने









-1771251202949.avif&w=3840&q=75)



%20(1)-1771145193825.jpeg&w=3840&q=75)
