विश्वकप अवधिभर रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध
शुक्रबार, मंसिर २, २०७९खेलपाटी संवाददाता

काठमाडौं । फिफा विश्वकप फुटबल आयोजक कतारले विश्वकप अवधिभर रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ ।
फिफाले शुक्रबार आयोजकले रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको जनाएको छ ।
फिफा र आयोजकबीच प्रतियोगिताको दौरान रंगशाला वरिपरी बियर बेच्ने कि नबेच्ने विषयमा वार्ता भएको थियो ।
तर, अब इजाजत पत्र प्राप्त स्थानमा मात्र मदिरा बिक्री गर्न पाईने छ ।
फिफा विश्वकप आइतबार सुरु हुनेछ । यस पटकको विश्वकपका खेलहरु ८ रंगशालामा आयोजना हुँदैछ ।
विश्वकप अवधिभर रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध







-1761730672592.jpg&w=3840&q=75)

copy-1761474438174-1761732681780.avif&w=3840&q=75)

-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)
