काठमाडौं । पीएम कप पुरुष क्रिकेट प्रतियोगिता भोलि आइतबारबाट सुरु हुँदैछ ।
नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको प्रतियोगिता भोलि कात्तिक १३ देखि सुरु भएर कात्तिक २६ गतेसम्म संचालन हुनेछ ।
टियु र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
क्यानले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ ।
समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल टियु क्रिकेट मैदानमा हुनेछ ।
पहिलो दिन नै मुलपानी मैदानमा पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ ।
हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताका लागि सहभागी विभागीय टोलि र प्रदेशले टिम घोषणा गरिसकेको छ ।