काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको खेल रद्द भएको छ ।
मेलबर्न क्रिकेट मैदानमा तय खेल वर्षाको कारण रद्द भएको हो । खेलको टस समेत नभई रद्द भएको हो ।
खेल रद्द भएसँगै दुवै टोलीले एक एक अंक बाडेका छन् ।

यस खेल रद्द भएसँगै समूह १ मा रहेको इंग्ल्यान्डले ३ खेलमा ३ अंक जोडेको छ ।
इंग्ल्यान्ड दोस्रो स्थानमा रहेको छ ।
अष्ट्रेलिया ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
यस अघि आयरल्याण्ड र अफगानिस्तानबीचको खेल पनि रद्द भएको हो ।