काठमाडौं । क्यान-११ महिला टोलीले टी-ट्वान्टीमा एमसीसी वुमन्सलाई हराएको छ ।
पोखरा किकेट रंगशालामा शुक्रबार क्यान-११ ले १९ रनको जित निकालेको हो ।
क्यान-११ ले दिएको १०० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एमसीसी १९ ओभर ४ बलमा अलआउट हुँदै ७८ रनमा समेटियो ।

एमसीसीका लागि एलिजा हवार्डले अविजित २० तथा एबी ह्वाइब्रोले १९ रन जोडिन ।
क्यान-११ का कप्तान रुबिनाले ह्याट्रिकसहित ५ विकेट लिइन् । यस्तै कविता कुँवर र नेरी थापाले २-२ तथा सिता राना मगरले १ विकेट हात पारिन ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यान-११ ले २० ओभरमा ९ विकेट गुमाएर ९९ रन बनाएको थियो ।
क्यान-११ का लागि नेरी थापाले १८ रन जोडिन । सम्झना खड्का र कविता कुँवरले समान १७/१७ रन जोड्दा सुमन खतिवडाले १६ रन बनाईन ।

एमसीसीका लागि राचेल पोटरले ३ तथा रिया र अमान्डाले २/२ विकेट लिए ।
क्यान-११ र एमसीसीबीच शनिबार ४० ओभरको खेल हुनेछ ।
