काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आयरल्याण्ड र अफगानिस्तानबीचको खेल रद्द भएको छ ।
मेलबर्न क्रिकेट मैदानमा भारी वर्षाको कारण आयरल्याण्ड र अफगानिस्तानबीचको खेल रद्द भएको हो ।
खेल रद्द भएसँगै दुवै टोलीले एक एक अंक बाडेका छन् ।
समूह १ मा रहेको आयरल्याण्ड ३ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
अफगानिस्तान २ अंक जोडेर पुछारमा रहेको छ ।