काठमाडौं । भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले महिला क्रिकेटरलाई पुरुष समान म्याच फिको व्यबस्था गरेको छ ।
बीसीसीआईका सिईओ जय साहले महिला क्रिकेटरलाई पुरुष समान म्याच फिको व्यबस्था गरिएको पुष्टि गरेका छन् ।
बीसीसीआईले पुरुष र महिलालाई टेस्ट, एकदिवसीय र टी-ट्वान्टी अन्तराष्ट्रिय प्रतियोगितामा समान म्याच फि दिने निर्णय गरेको हो ।
बीसीसीआईले एक टेस्ट बराबर १५ लाख, एक एकदिवसीय बराबर ६ लाख र एक टी-ट्वान्टी बराबर ३ लाख भारु पाउदै आएका छन् ।