काठमाडौं । अष्ट्रेलियाका विकेटकिपर म्याथ्यु वेडलाई कोभिड-१९ को संक्रमण देखिएको छ ।
घरेलु मैदानमा जारी टी-ट्वान्टी विश्वकप खेल्ने टोलीमा रहेका वेडलाई कोभिड संक्रमण देखिएको हो ।
इंग्ल्याण्डबिरुद्धको खेल अघि ३४ वर्षीय विकेटकिपरलाई कोभिड देखिएपछि अष्ट्रेलियालाई दबाब थपिएको छ ।
वेडलाई कोभिड देखिएपछि डेभिड वार्नर र ग्लेन म्याक्सवेलमध्ये एकले विकेटकिपरको भूमिका निभाउने छन् ।
यस अघि एडम जम्पालाई कोभिड देखिएको थियो ।