काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाले जित निकालेको छ ।
सिड्नीमा बिहीबार भएको खेलमा दक्षिण अफ्रीकाले बंगलादेशलाई १ सय ४ रनले हराएको हो ।
दक्षिण अफ्रीकाले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको बंगलादेश १६ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटियो ।
बंगलादेशका लिटोन दासले सर्वाधिक ३४ रन जोडे । सौम्य सरकारले १५ तथा मेहदी हसन मिराजले ११ र तास्किन अहमेदले १० रन बनाए ।

दक्षिण अफ्रीकाका एन्रीच नोर्कियाले ४ विकेट लिए । ताब्रेज शम्सीले ३ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५ रन जोडेको थियो ।
दक्षिण अफ्रीकाका रिली रस्सोले १ सय ९ रनको शतकीय इनीङ खेले ।

क्विन्टन डी ककले ६३ रनको अर्धशतकीय इनीङ खेले ।
बंगलादेशका शकिब अल हसनले २ विकेट लिए ।

जितसँगै समूह २ को दक्षिण अफ्रीकाले २ खेलमा ३ अंक जोडेको छ ।
दक्षिण अफ्रीका समूहको शीर्ष स्थानमा रहेको छ ।
बंगलादेश २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।