काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरीको आईसीसी टी-ट्वान्टी अलराउन्डर वरीयतामा खस्किएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा दीपेन्द्रको वरीयता तीन स्थान घटेको छ ।
नयाँ वरीयतामा दीपेन्द्र १२ औं स्थानमा झरेका छन् ।
यस अघि उनी ९ औं स्थान रहेका थिए ।
ब्याटिङतर्फ कुशल भुर्तेल एक स्थान तल झर्दै ५३ औं स्थान रहेका छन् । दीपेन्द्रको ब्याटिङ वरीयता भने ६१ औं स्थानमा यथावत रहेको छ ।
बलिङतर्फ सन्दीप लामिछाने भने ७३ औं स्थानमा रहेका छन् ।
टी-ट्वान्टी वरीयता नेपाल १६ औं स्थानमा रहेको छ ।
एकदिवसीयमा नेपाल १९ औं स्थानमा रहेको छ ।