काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत न्युजिल्याण्ड र अफगानिस्तानबीचको खेल रद्द भएको छ ।
मेलबर्न क्रिकेट मैदानमा भारी वर्षाको कारण खेल रद्द भएको हो ।
खेल रद्द भएसँगै दुवै टोलीले एक एक अंक बाडेका छन् ।
समूह १ मा रहेको न्युजिल्याण्ड २ खेलमा ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
अफगानिस्तान १ अंक जोडेर पुछारमा रहेको छ ।
यस अघि वर्षाकै कारण आयरल्याण्ड र इंग्ल्यान्डबीचको खेल प्रभावित गरेको थियो ।