काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकपमा आयरल्याण्डले इंग्ल्यान्डलाई हराएको छ ।
मेलबर्न क्रिकेट ग्राउण्डमा बुधबार आयरल्याण्डले इंग्ल्यान्डमाथि डीएल पद्दतिको आधारमा ५ रनको जित निकालेको हो ।
आयरल्याण्डले दिएको १ सय ५८ रनको लक्ष्यसहित इंग्ल्यान्डले जवाफी ब्याटिङ गरिरहदा खेल वर्षाले प्रभावित गरेको थियो ।
वर्षाले खेल रोकिनु अघि इंग्ल्यान्डले १४ ओभर ३ बलमा ५ विकेट गुमाएर १ सय ५ रन जोडेको थियो ।

इंग्ल्यान्डका लागि डेविड मालनले ३५ रन जोड्दा मोइन अलीले अविजित २४ रन बनाए । ह्यारी ब्रुक्स १८ रनमा आउट भए ।
आयरल्याण्डका जोस लिटलले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको आयरल्याण्डले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५७ रन जोडेको थियो ।
आयरल्याण्डका कप्तान एन्डी बलब्रिनीले ६२ रनको अर्धशतकीय इनीङ खेले । लोर्कन टुकरले ३४ रन बनाए ।
इंग्ल्यान्डका आदील राशिद र मार्क उडले ३/३ विकेट लिए ।

यस जितसँगै आयरल्याण्डले २ खेलमा २ अंक जोडेको छ ।
आयरल्याण्ड समूह ए को तेस्रो स्थानमा रहेको छ ।
इंग्ल्यान्ड २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।