काठमाडौं । पाकिस्तानको कराँचीमा रहेको नेसनल क्रिकेट स्टेडियमको नाम परिवर्तन हुने भएको छ ।
पाकिस्तान क्रिकेट बोर्डले नाम परिवर्तन गर्दै नेसनल बैंक क्रिकेट एरिना राख्ने भएको हो ।
पिसीबीले नेसनल बैंक अफ पाकिस्तानसँग पाँच वर्षे नामाकरण सम्झौता गरेसँगै स्टेडियमको नाम परिवर्तन गर्न लागिएको हो ।
पाकिस्तानमा पहिलो पटक स्टेडियम नामाकरण सम्झौता भएको हो ।
यस स्टेडियम पाकिस्तानकै सर्वाधिक ठुलो क्रिकेट स्टेडियम हो ।
यस स्टेडियम ३२ हजार दर्शक क्षमताको रहेको छ ।